काभ्रे । नेकपा (एमाले) पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको पनौतीमा आइतबारदेखि सुरु भएको छ। कार्यदलका सदस्यहरू आइतबार बिहान पनौतीस्थित एक होटलमा पुगेका हुन्।
कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव शंकर पोखरेलले छुट्टाछुट्टै तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाउने तयारी छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा तयार मस्यौदामा मूल नेतृत्वलाई जिम्मेवार ठहर गर्ने कि नगर्ने भन्ने विषयमा भने दुवै प्रतिवेदनबीच मतभेद देखिएको छ।
कार्यदलले सोमबार बेलुकासम्म साझा प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।











