आइतबार, भाद्र २८, २०८३
‘नेपालले भारत र चीनबीचको सहकार्यलाई विकासको अवसर बनाउनुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढिरहेको सहकार्य नेपालका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। उनका अनुसार दुई ठूला छिमेकीबीचको सम्बन्धमा आएको सकारात्मक परिवर्तनबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्छ।

भट्टराईले ब्रिक्स प्लस सम्मेलनमा पारित १४० बुँदे प्रस्ताव र चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको वार्ताले दीर्घकालीन सहकार्यको संकेत गरेको बताएका छन्। यस्तो अवस्थामा नेपालले सन्तुलित तथा दूरदर्शी कूटनीति अपनाउनुपर्ने उनको भनाइ छ।

नेपालले आर्थिक समृद्धि, दिगो विकास र ‘सफ्ट पावर’ निर्माणमा ध्यान दिँदै भारत र चीनबीचको ‘गतिशील सेतु’ बन्ने रणनीति अघि बढाउनुपर्ने उनले बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय