आइतबार, भाद्र २८, २०८३
सांसद किनबेचको राजनीति दोहोरिनु दुर्भाग्यपूर्ण : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा ठूलो राजनीतिक परिवर्तन भइसके पनि सांसद किनबेचको विकृति अन्त्य हुन नसकेको बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले बागमती प्रदेश सरकार निर्माणका क्रममा नेकपा एमालेले राप्रपाका सांसद किनेको दाबी गरे। उनले एमालेले विगतका राजनीतिक विकृति सुधार गर्न नसकेको आरोप लगाए।

लिङ्देनले आफ्नै पार्टीका सांसदहरूप्रति समेत असन्तुष्टि व्यक्त गर्दै पार्टीको निर्णयविपरीत अन्य दलसँग सहकार्य गर्ने वा दल परिवर्तन गर्ने कार्य स्वीकार्य नहुने बताए। निर्वाचित सांसद पार्टीको प्रतिनिधि भएकाले पार्टीप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय