काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन्।
सिंहदरबारमा बिहान ११ बजेदेखि सुरु भएको बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख सहभागी छन्। छलफलमा बाढीपछिको अवस्था समीक्षा गर्दै प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना र पुनरुत्थानका लागि चाल्नुपर्ने आगामी कदमबारे विचार–विमर्श भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।











