काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रतिवेदन आयोगको वार्षिक कार्यसम्पादन तथा प्राकृतिक स्रोत र वित्तीय व्यवस्थापनसम्बन्धी विषय समेटेर तयार गरिएको हो।











