बिहिबार, आश्विन ०१, २०८३
जसपा नेपालद्वारा बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको जसपा नेपालले जनाएको छ।

जसपा नेपालले विपद्को संकटमा प्रभावित नागरिकको साथमा रहेको जनाउँदै सरकारको उद्धार, राहत तथा पुनःस्थापना अभियानलाई पूर्ण समर्थन गर्ने जनाएको छ। साथै, देश–विदेशमा रहेका नेपाली तथा दातृ निकायलाई मानवीय अभियानमा सहभागी हुन अपिल गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय