शुक्रबार, आश्विन ०२, २०८३
१ अर्ब ५७ करोडभन्दा बढीको हुण्डी कारोबार आरोपमा विराटनगरबाट दुई जना पक्राउ

सुनसरी । हुण्डी कारोबारमार्फत १ अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बैंकिङ कारोबार विश्लेषण गर्दा दुवैले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खातामार्फत रु. १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ।

उनीहरूमाथि हुण्डी कारोबार, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय