आइतबार, आश्विन ०४, २०८३
एमालेसँग तत्काल एकता र भागबण्डाको कुरा भएको छैन : वर्षमान पुन

काभ्रे । नेकपा नेता वर्षमान पुनले एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट हुने चर्चा निराधार रहेको बताएका छन्।

शनिबार बनेपामा नेकपा खानीखोला सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पुनले एमालेभित्रकै आन्तरिक बहस टुंगिन बाँकी रहेकाले अहिले नै पार्टी एकता र पद बाँडफाँटको निष्कर्षमा पुग्ने अवस्था नरहेको स्पष्ट पारे ।

“एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ। भविष्यमा पार्टी एकताका विषयमा नेतृत्व तहमा कुराकानी भएको हो। तर तत्काल एकता गर्ने वा पद बाँडफाँट गर्ने विषयमा कुनै सहमति भएको छैन,” पुनले भने ।

उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूसँग सहकार्य आवश्यक रहेको भन्दै आवश्यकता परे कांग्रेससँग समेत सहकार्य गर्न सकिने बताए । पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू अहिले सरकारमा रहेको भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि समेत व्यक्त गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय