धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल स्वास्थ्यमा समस्या आएपछि बिरामी परेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनले धनगढीस्थित कैलाली अस्पतालमा प्रारम्भिक उपचार गराएका थिए। धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो।
प्रमुख हमालले सामाजिक सञ्जालमार्फत आफू बिरामी परेको र थप उपचारका लागि काठमाडौं जान लागेको जानकारी दिएका छन्।











