काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेको छ।
न्यूयोर्क बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, मन्त्रिस्तरीय छलफल तथा साइड इभेन्टहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भने असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।











