काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक करिब साढे तीन घण्टा ढिला गरी साढे ४ बजेबाट सुरु भएको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार कार्यदलमा लामो छलफलपछि अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयलाई अन्तिम प्रतिवेदनमा समावेश नगर्ने सहमति भएको छ। यसअघि यी दुई विषय प्रतिवेदनमा राख्ने वा नराख्ने भन्नेमा पार्टीभित्र विवाद देखिएको थियो।











