सोमबार, आश्विन ०५, २०८३
सुदूरपश्चिमको बजेट असोज दोस्रो साताभित्र प्रदेशसभामा पेस हुने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेशसभामा पेस गरिने बताउनुभएको छ।

मुख्यमन्त्री भट्टका अनुसार बजेट निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ। यसअघि भदौ मसान्तभित्रै बजेट ल्याउने बताइए पनि विभिन्न राजनीतिक तथा प्रशासनिक विषय मिलाउन समय लागेकाले निर्धारित समयमा बजेट ल्याउन नसकिएको उहाँले बताउनुभयो।

आर्थिक मामिला मन्त्रालयले बजेट तर्जुमासम्बन्धी मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूमा पठाइसकेको छ। प्रदेश सरकारले असोज ७ गतेदेखि प्रदेशसभा सदस्यहरूबाट योजना सिफारिस लिनेसमेत तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो।

‘अबको तीन–चार दिनमा धेरैजसो काम पूरा हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उहाँले भन्नुभयो।

चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन सकेको छैन।

सिफारिस

ताजा समाचार

लोकप्रिय