काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागीबारे विस्तृत अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति बनाएको छ।
समितिले घटनाको कारण, अवस्था र जिम्मेवारीका विषयमा अनुसन्धान गर्नेछ। अनुसन्धानपछि दोषी देखिएका व्यक्तिमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्न समितिलाई निर्देशन दिइएको छ।











