काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा पार्टी कमजोर भए पनि यसको आधार समाप्त नभएको बताएका छन्।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचन परिणामबाट शिक्षा लिएर पार्टीका कमजोरी पहिचान गर्नुपर्ने बताए। ओलीले जनतासँगको सम्बन्ध बलियो बनाउने, संगठन सुदृढ गर्ने तथा पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशाका साथ अघि बढाउने आवश्यकता औँल्याए। बैठकमा पार्टी पुनर्निर्माण, निर्वाचन समीक्षा तथा समसामयिक राजनीतिक विषयसहित विभिन्न नौ कार्यसूचीमा छलफल हुँदैछ।











