काठमाडौँ । नक्कली नोटको प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले बल्खुबाट दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्लाहीका ३२ वर्षीय दिनेश विक र चितवनका ४५ वर्षीय कृष्णप्रसाद लामिछानेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले १० लाख रुपैयाँ ल्याए ३० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई प्रलोभनमा पारेका थिए। सो क्रममा ३० लाख रुपैयाँ भन्दै नक्कली नोट दिएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।











