मंगलबार, आश्विन ०६, २०८३
काँग्रेसको १५औँ महाधिवेशनमा अधिवक्ता निरोज नेपालको सचिव पदमा उम्मेदवारी

काभ्रे । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा सचिव पदका लागि अधिवक्ता निरोज प्रसाद नेपालले उम्मेदवारी घोषणा गरेका छन्।

काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्दै नेपालले पार्टी संगठनलाई थप मजबुत, जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यसहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले ‘सेवा, समर्पण र परिवर्तनका लागि सधैँ अग्रसर’ भन्ने नारालाई अघि सारेका छन्।

उम्मेदवारी घोषणासँगै नेपालले पार्टीभित्रको संगठनात्मक सुदृढीकरण, जिम्मेवार नेतृत्व तथा स्थानीय आवश्यकता र जनताको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले ‘मजबुत संगठन, जिम्मेवार नेतृत्व, समृद्ध काभ्रे’ भन्ने लक्ष्यसहित आफ्नो अभियान अघि बढाएका छन्। अधिवक्ता नेपालको उम्मेदवारीले काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने काँग्रेसजनमा समेत चासो बढाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय