मंगलबार, आश्विन ०६, २०८३
सन्धि कार्यान्वयनका लागि समयमै कानुन बनाउँछौँ : मन्त्री गौतम

काठमाडौँ । प्रतिनिधिसभाले समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ।

सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन समयमै निर्माण गरिने बताइन्।

उनले कानुन निर्माणमा प्राकृतिक विपत्ति, जलवायु परिवर्तन र वातावरणीय विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्। साथै, विधेयकको मस्यौदा तयार गर्दा आदिवासी जनजातिका मौलिक विषय समेट्न सरकार तयार रहेको बताइन्।

मन्त्री गौतमले सन्धि–सम्झौता सर्वसम्मतिले पारित हुनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै कानुन निर्माणका क्रममा दलीय सीमाभन्दा माथि उठेर विषयकेन्द्रित छलफल गर्नुपर्नेमा जोड दिइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय