काठमाडौँ । आजको कारोबारमा नेप्से परिसूचक ७.०६ अंकले उकालो लागेर २६५४ अंकमा पुगेको छ। बजारमा ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ६ अर्ब ७४ करोडको तुलनामा बढी हो।
अन्य समूह १.३६ प्रतिशतले बढेको छ भने जीवन बीमा ०.८२, लगानी र माइक्रोफाइनान्स ०.४८ तथा विकास बैंक ०.४३ प्रतिशतले बढेका छन्।
फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा भने गिरावट आएको छ। आज १३७ कम्पनीको सेयर मूल्य बढेको, १३१ को घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।











