मंगलबार, आश्विन ०६, २०८३
मान्छे होइन, ज्ञान निर्यात गर्ने देश बनाऔँ : केयू उपकुलपति बराल

काभ्रे । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. विवेक बरालले नेपाललाई जनशक्ति विदेश पठाउनेभन्दा ज्ञान, सीप, वस्तु तथा हाईटेक सेवा निर्यात गर्ने देशका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले प्राकृतिक स्रोतसाधन मात्र पर्याप्त नभएकाले देश विकासका लागि दक्ष मानव संसाधन सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

उनले काठमाडौँ विश्वविद्यालयले स्थापनाकालदेखि नै ‘क्वालिटी एजुकेशन फर लिडरसिप’लाई मूल ध्येय बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे। विश्वविद्यालयले उत्पादन गरेको ज्ञान र सीपलाई समाजसम्म पुर्‍याउन ‘क्याम्पस टु कम्युनिटी’ कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. विराजसिंह थापाले विश्वविद्यालय र जिल्लाका सञ्चारकर्मीबीचको सहकार्यलाई थप विस्तार गर्न सकिने बताए। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले पनि विश्वविद्यालयसँगको सहकार्यलाई निरन्तरता दिँदै तालिम तथा अन्य कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय