बुधबार, आश्विन ०७, २०८३
संसद् बैठकमा सांसदहरूको समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ। हाल आकस्मिक समय चलिरहेको र सांसदहरूले विभिन्न समसामयिक विषयमार्फत सरकार तथा सदनको ध्यानाकर्षण गराइरहेका छन्।

बैठकमा फोहरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रस्तुत हुने कार्यसूची छ भने अर्थमन्त्रीले नागरिक लगानी कोष तथा भुक्तानी तथा फस्र्यौटसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

साथै, सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक पनि अघि बढाउने तयारी छ। संघीय संसद् सचिवालयका अनुसार आजका लागि तोकिएका विभिन्न समितिका बैठक भने स्थगित भएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय