बुधबार, आश्विन ०७, २०८३
सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय संस्थामा सुधार आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको संरचनामा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

न्युयोर्कमा आयोजित ग्लोबल साउथका मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यी संस्थाहरूले सन् १९४५ को शक्ति समीकरणभन्दा वर्तमान विश्वको वास्तविकता प्रतिबिम्बित गर्नुपर्ने बताए।

विकासशील मुलुकहरूले दिगो विकासका लागि आवश्यक स्रोत जुटाउँदा असमान ऋणको भार सामना गरिरहेको उल्लेख गर्दै उनले वित्तीय प्रणालीमा न्यायपूर्ण र समतामूलक पहुँचको आवश्यकता औँल्याए।

सिफारिस

ताजा समाचार

लोकप्रिय