काठमाडौँ । प्रतिनिधिसभाबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले स्वीकृत भएको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। सांसदहरूले विदेशी डिजिटल भुक्तानी, सुरक्षित कारोबार र नेपालले प्राप्त गर्ने लाभबारे प्रश्न उठाएका थिए।
जवाफमा मन्त्री वाग्लेले प्राप्त सुझावलाई आगामी दफावार छलफलमा समेटिने बताउँदै प्रणालीगत तरलतालगायत विषय सम्बोधन गर्न विद्यमान संरचना पर्याप्त नभएकाले अर्थतन्त्र सुधारका लागि विधेयक ल्याइएको स्पष्ट पारे।
सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधनको सूचना दर्ता गर्न सदस्यहरूलाई जानकारी गराएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका गएपछि अर्थमन्त्री वाग्लेलाई दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी तोकिएको पत्र पनि पढेर सुनाइएको छ।











