काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले यातायात सञ्चालनअघि सडकको अवस्था र मौसमबारे जानकारी लिन तथा रातिको समयमा यात्रा नगर्न यात्रु र व्यवसायीलाई आग्रह गरेको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधअनुसार सदस्यहरूलाई सावधानी अपनाउन भनिएको महासंघले जनाएको छ।











