शुक्रबार, आश्विन ०९, २०८३
संसद् बैठकमा रास्वपा सांसदको उपस्थिति अनिवार्य, समूहगत तालिका सार्वजनिक

काठमाडौं । संसद् बैठकमा सांसदहरूको उपस्थिति घट्न थालेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै नियमित र पूर्ण उपस्थिति अपेक्षित रहेको जनाएका छन्। व्यावहारिक परिस्थितिलाई ध्यानमा राख्दै सांसदहरूलाई समूहगत रूपमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको हो।

निर्धारित तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १; असोज १२ गते समूह १ र २; असोज १३ गते समूह २ र ३; असोज १४ गते समूह ३ र ४; असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको उपस्थिति अनिवार्य गरिएको छ।

रास्वपाले तोकिएको समूहमा नपरेका सांसदलाई संसद् आउन आवश्यक छैन भन्ने अर्थ नलिन पनि स्पष्ट पारेको छ। विशेष अवस्थाबाहेक संसद् बैठक सबैका लागि बाध्यकारी हुने तथा बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा खाने समय आलोपालो मिलाउन निर्देशन दिइएको छ।

त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा तोकिएका सबै सदस्य अनिवार्य रूपमा उपस्थित हुनुपर्ने रास्वपाले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय