शुक्रबार, आश्विन ०९, २०८३
एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी चयन

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।

एमालेका अनुसार भण्डारीको वरीयता पार्टी अध्यक्षपछि दोस्रो रहनेछ। सचिव हिक्मत कार्की र पद्मा अर्यालले भण्डारीको राजनीतिक तथा सांगठनिक अनुभवलाई पार्टीको आगामी भूमिकामा उपयोग गर्ने उद्देश्यले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताएका छन्।

असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार सम्पन्न हुँदैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय