शनिबार, आश्विन १०, २०८३
लगातारको वर्षापछि सल्ले प्रहरी चौकी पहिरोको जोखिममा

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ स्थित सल्ले प्रहरी चौकी लगातारको वर्षापछि पहिरोको जोखिममा परेको छ। अविरल वर्षाका कारण चौकीको अगाडिको भागमा पहिरो खस्दा भवन जोखिममा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए।

पहिरोले चौकीको अगाडिको भाग बगाएपछि भवनलाई तत्काल त्रिपालले छोपिएको छ। थप क्षति हुन नदिन सुरक्षाका आवश्यक उपायहरू अपनाइएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय