काभ्रे । अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ घुमाउने तथा रोशी–११ र १२ का विभिन्न स्थानमा खोलाले डाइभर्सन बगाएको थियो।
यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन पुनःनिर्माणको काम अघि बढाइएको कार्यालयले जनाएको छ। साथै रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो पन्छाउने काम भइरहेको छ।
अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म यातायात पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ।











