शनिबार, आश्विन १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। महासभालाई सम्बोधन गर्दै उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

उनले जलवायु संकट सिर्जना गर्न न्यून योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्दै हिमाली राष्ट्रहरूको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय