सोमबार, आश्विन १२, २०८३
भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी बने इन्सपेक्टर दिवश रिमाल

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

इन्सपेक्टर रिमालले भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारा स्थित कुवेर प्रसाद शर्माको घरको सेफ्टी ट्याङ्कीभित्र अचेत अवस्थामा भेटिएका सोही स्थानका ४७ वर्षीय रामसी डोमलाई सकुशल उद्धार गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय