सोमबार, आश्विन १२, २०८३
काभ्रे–२ बाट मञ्जु कुमार श्रेष्ठ ‘कोजु’को महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट मञ्जु कुमार श्रेष्ठ ‘कोजु’ले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उद्योग–व्यवसाय तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मा केन्द्रीयस्तरको संस्थागत जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ धुलिखेल सिनियर जेसिजका पूर्व अध्यक्षसमेत हुन्। उनले सीपमूलक तालिम, सामाजिक गतिविधि तथा स्थानीय सार्वजनिक सरोकारका विषयमा समेत काम गर्दै आएका छन् ।

श्रेष्ठ पक्षले उनको उम्मेदवारीलाई संस्थागत अनुभव, सामाजिक सक्रियता र स्थानीय सरोकारका विषयमा निरन्तर पहलसँग जोडेको छ। उम्मेदवारी घोषणासँगै उनले क्षेत्रीय प्रतिनिधिहरूसँग सहकार्य र संवादलाई प्राथमिकता दिने बताएका छन्।

कांग्रेसको क्षेत्रीय अधिवेशनलाई सभ्य, व्यवस्थित र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न गाउँ/नगर सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि समेत आग्रह गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय