काठमाडौं । लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सूचना प्रकाशित गर्दै उनीहरूलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
कार्यालयका अनुसार सम्बन्धित प्रहरी कर्मचारीहरूको खोजतलास तथा प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि अन्तिम पटक सफाइको मौका दिइएको हो ।
सूचनामा तोकिएको सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने जनाइएको छ ।
हेर्नुहोस् सूचना–












