सोमबार, आश्विन १२, २०८३
३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि एक महिनाको अवधिका निम्ति उक्त रकम संकलन गर्न लागिएको हो। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

राष्ट्र बैंकले बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ। संकलन गरिएको रकमको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी हुनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय