काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा छ वटा विधेयक प्रस्तुत भएका छन्। महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी एक र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार विधेयकसहित प्रधानमन्त्रीको तर्फबाट अर्को विधेयक प्रस्तुत गरिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चार विधेयक प्रस्तुत गरिन् भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले एक विधेयक प्रस्तुत गरिन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्रीको तर्फबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक प्रस्तुत गरिन्।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी गराए।











