काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ।
आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किने तयारीमा रहनुभएका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा दुई देशबीचको कूटनीतिक सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।
नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गर्नुभएको यो भेटलाई विदाई भेटका रूपमा लिइएको छ।











