काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशका वर्तमान समस्यालाई कसैले पनि हल्का रूपमा लिन नहुने बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नेपालका समस्या केवल आन्तरिक कारणले मात्रै नभएको बताए। विश्व राजनीतिमा भइरहेका घटनाक्रमको प्रभाव नेपालमा समेत परिरहेको उनको भनाइ छ।
उनले भने, “हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छुमन्तर जसरी समस्या हल हुन्छ भनेर समस्याको हल हुँदैन।”
रुस–युक्रेन युद्ध तथा मध्यपूर्वमा भइरहेको द्वन्द्वको प्रभावसमेत नेपालमा परेको उल्लेख गर्दै थापाले विश्व राजनीतिको प्रभावबाट नेपाल अलग रहन नसक्ने बताए।











