आइतबार, आश्विन १८, २०८३
महेश खरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–उपगुट र विभाजन अन्त्य गर्दै कांग्रेसको खस्किएको साख पुनःस्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए।

खरेलले संवैधानिक निकायमा हुने दलीय भागबन्डा अन्त्य गर्नुपर्ने बताउँदै बीपी कोइरालाका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै व्यवहारमा काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको धारणा राखे।

खरेल पाँचखाल नगरपालिकाका लगातार दोस्रो कार्यकालका नगरप्रमुख हुन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय