आइतबार, आश्विन १८, २०८३
भूराजनीतिक द्वन्द्वले नेपालको भविष्यबारे प्रश्न उठेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे गम्भीर प्रश्न खडा भएको बताएका छन्।

एमालेको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा सरकारले सबै राजनीतिक दलसँग संवाद र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

‘भूराजनीतिक द्वन्द्वको कारणले नेपालको भविष्य के हुने हो भन्ने प्रश्न खडा भएको छ,’ उनले भने। देशको अस्मिता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको पोखरेलको भनाइ छ। उनले नेपाली जनता र छिमेकी राष्ट्रहरूलाई समेत आश्वस्त पार्नुपर्ने बताए।

युवाहरूले स्वदेशमै भविष्य खोजिरहेको भन्दै उनले सरकारले त्यसअनुसार काम गर्नुपर्नेमा जोड दिए। साथै, वर्तमान चुनौतीको सामना गर्न इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

तर, पोखरेलले नेपालमा कस्तो भूराजनीतिक समस्या उत्पन्न भएको हो भन्नेबारे भने स्पष्ट पारेनन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय