सोमबार, आश्विन १९, २०८३
खुलामञ्चबारे प्रधानमन्त्री शाहको कटाक्ष– ‘धन्न राम्रो बनाइएछ’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएपछि खुलामञ्चबारे टिप्पणी गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

आजै खुलामञ्चमा नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो।

लामो समय बन्द रहेको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको थियो। बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नति गर्ने भन्दै बन्द गरिएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय