बिहिबार, आश्विन २९, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा तीर्थ लामा विजयी

काभ्रे । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा काभ्रे जिल्ला सभापति तीर्थ लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरतर्फबाट उम्मेदवारी दिएका लामा फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन्।

कुल ७ हजार मत खसेकोमा लामाले ४ हजार ८५७ मत प्राप्त गरेका छन्। यो कुल खसेको मतको करिब ६९.४ प्रतिशत हो।

लामाले २०६४ सालमा क्षेत्रीय उपसभापतिबाट आफ्नो सांगठनिक यात्रा सुरु गरेका थिए। उनी १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल काभ्रेपलाञ्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।

नेपाल तामाङ संघको केन्द्रीय सदस्यका रूपमा २०६८ देखि २०७१ सम्म काम गरेका लामाले जनजाति आन्दोलनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। १४औँ महाधिवेशनबाट उनी नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

प्रदेश सभा सदस्यसमेत रहेका लामाले २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। साथै, संविधानसभा सदस्यका रूपमा नेपालको नयाँ संविधान निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याएका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय