बुधबार, आश्विन २८, २०८३
केम्यानका नेपालीद्वारा सरकारलाई ज्ञापनपत्र, बाढीपहिरो पीडितलाई १२ हजार डलर सहयोग

केम्यान । केम्यान आइल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था नेपाली कम्युनिटी अफ केम्यान आइल्याण्ड्स (NCCI) ले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीले बुझाएको ज्ञापनपत्रमा त्यहाँ कार्यरत २ हजारभन्दा बढी नेपालीका समस्या, राहदानी तथा प्रशासनिक सेवामा सहजीकरण गर्न माग गरिएको छ।

यसैगरी, केम्यानमा रहेका नेपाली समुदायले नेपालका बाढीपहिरो पीडितको राहत तथा पुनर्स्थापनाका लागि १२ हजार अमेरिकी डलर (करिब १६ लाख रुपैयाँभन्दा बढी) सहयोग संकलन गरी पठाएको संस्थाका उपाध्यक्ष सुवेदीले जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय