मंगलबार, कार्तिक ११, २०८३
कांग्रेसले गुमाएको विश्वास पुनःस्थापित गर्न जनताको घरदैलोमा पुग्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ।

स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले मतभन्दा बढी जनताको विश्वास गुमाएको उल्लेख गर्नुभयो। विश्वास पुनःस्थापित गर्न सके मत आफैँ आउने उहाँको भनाइ थियो।

उहाँले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिनुभयो। वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको विश्वास जित्न लाग्नुपर्ने उहाँले बताउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय