मंगलबार, कार्तिक ११, २०८३
दसैँ बिदापछि खुलेको सेयर बजारमा गिरावट, नेप्से २६२९.८२ विन्दुमा

काठमाडौँ । दसैँ बिदापछि आज खुलेको धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको छ। कारोबारको सुरुवाती चरणमा वृद्धि देखिए पनि अन्तिम समयमा बजार घटेर बन्द भएको हो।

आज ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ३८ हजार ७८८ पटक कारोबार भएको थियो।

कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ भने चिर्खाखोला जलविद्युतको मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय