काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी सस्तिएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो मूल्य सोमबारको तुलनामा ८०० रुपैयाँ बढी हो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।


