काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


