बुधबार, कार्तिक १२, २०८३
प्रहरीद्वारा हवाई फायर: दुई जना लागुऔषध कारोबारी पक्राउ

झापा । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै गरेको कारोबारीहरूलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए ।

ब्युरोको काकरभिट्टा शाखाबाट खटिएको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट प्रहरीले करिब १५० ग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय