काठमाडौँ । रोमानिया र क्रोएसिया पठाइदिने भन्दै ८ जना पीडितबाट १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ बस्ने ३६ वर्षीय वीरेन्द्र शाही पक्राउ परेका छन्।
आकर्षक तलबको प्रलोभन देखाएर रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


