काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीशबारे उठेका प्रश्नमाथि प्रतिनिधिसभामा छलफल हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले न्यायालय र प्रहरीजस्ता राज्यका संवेदनशील निकायमाथि गम्भीर प्रश्न उठेको अवस्थामा संसद् मौन बस्न नहुने बताएका हुन्।
आवश्यक परे प्रतिनिधिसभाका एक चौथाइ सदस्यले अधिवेशन आह्वानको माग गर्न सक्ने संवैधानिक व्यवस्थाको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। नाम मात्रका समिति वा उपसमिति बनाएर विषय टुङ्ग्याउने प्रयास स्वीकार्य नहुने उनले उल्लेख गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश र विवादास्पद भनिएका बिचौलिया इनम सापकोटाबीचको सम्बन्ध तथा सन्देश आदानप्रदानसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायिक निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठिरहेका बेला सांसद न्यौपानेको यस्तो धारणा आएको हो। उनले यसलाई आफ्नो व्यक्तिगत विचारसमेत बताएका छन्।


