बिहिबार, कार्तिक १९, २०८३
सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, आज पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिबारे समीक्षा गर्न आज पदाधिकारी बैठक बोलाएको छ। दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल हुने बताइएको छ।

सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषय बैठकको प्रमुख एजेन्डामध्ये रहनेछ। यसअघि नै पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको धरपकडविरुद्ध संसदीय छानबिन समिति गठनको माग गरिसकेको कांग्रेसले आगामी कदमबारे समेत छलफल गर्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय