शुक्रबार, कार्तिक २०, २०८३
तिहारमा काभ्रेमा पाँच दिन टिपर सञ्चालनमा रोक

काभ्रे। तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाभर टिपर सञ्चालनमा रोक लगाएको छ।

प्रशासनका अनुसार कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते राति ९ बजेसम्म टिपर सञ्चालन गर्न पाइने छैन।

बीपी राजमार्ग र अरनिको राजमार्गलगायतका सडकमा सवारी चाप बढ्ने तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

जिल्ला सुरक्षा समितिको कात्तिक १९ गते बसेको बैठकले गरेको निर्णयअनुसार प्रशासनले तोकिएको अवधिमा टिपर सञ्चालन नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय