शुक्रबार, कार्तिक २०, २०८३
संविधानप्रदत्त प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्पष्ट पारेको छ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल र प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका थिए।

पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै प्रेस विज्ञ दाहालले मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग रहेको बताइन्। सञ्चार जगत्ले नागरिकसम्म सरकारी कामकारबाही र उपलब्धि पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले सबैको साझा प्रयासबाट मात्रै परिवर्तन सम्भव हुने बताइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय